कोरोना सर्न सक्ने भन्दै वन्यजन्तु पालनमा रोक

आइतबार, १४ असार २०७७, ०८ : १३
कोरोना सर्न सक्ने भन्दै वन्यजन्तु पालनमा रोक

काठमाडौं । सरकारले वन्यजन्तु पालनमा फेरि रोक लगाएको छ । वन्यजन्तुबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने सम्भावना रहेको भन्दै तत्कालका लागि वन्यजन्तु पालनमा रोक लागाइएको हो ।

चीनको बुहानबाट सुरु भएर अहिले विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेलामा चिकित्सकहरूले वन्यजन्तुबाट पनि टाढा रहन सुझाव दिएका छन् ।  

कोरोनाभाइरस वन्यजन्तुबाट मानिसमा फैलिन नदिनका लागि वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु पालन गर्न पाउने व्यवस्था तत्कालका लागि रोक लगाएको छ । वन्यजन्य पालन तथा प्रजनन तथा अनुसन्धान कार्यविधि २०६० अनुसार हाल कृषकहरूले व्यवसायीक रुपमा कालिज पालन गर्न थालेका थिए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस