काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठकमा भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए ।
उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०७७, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै