काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठकमा भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए ।
उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०७७, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग