कोरोना नियन्त्रणमा खटिएका सैनिकहरु पनि असुरक्षित

शनिबार, १३ असार २०७७, १४ : ५८
कोरोना नियन्त्रणमा खटिएका सैनिकहरु पनि असुरक्षित

काठमाडौं। कोरोना भाइरस नियन्त्रणमा खटिएका सैनिकहरु असुरक्षित बन्दै गएका छन् । हालसम्म ५५ जना सैनिकमा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये ४५ जना नेपालभित्र रहेका छन् भने १० जना संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएकाहरू छन्। अहिलेसम्म ५५ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको। संक्रमित सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

जुम्लास्थित् नेपाली सेनाको नन्दबक्स गणमा सबैभन्दा बढी संक्रमित सैनिक रहेका छन्। जुम्लास्थित् गणमा रहेकामध्ये २८ जना सैनिकमा कोरोना संक्रमण भएको पुष्टी भएको छ। नेपाली सेनाको हेटौँडास्थित् मध्य पृतना मुख्यालयमा दुई जना सैनिक कोरोना संक्रमण रहेको पाइएको छ। बाराको चन्दननाथ गणमा पनि दुई जनाका कोरोना संक्रमण पुष्टी भएको छ ।

भक्तपुरस्थित गणमा रेहका तीन सैनिकलाई पनि कोरोना संक्रमण भएको छ। यस्तै, रौतहटको इन्द्रबक्स गणमा रहेका दुई जना सैनिकमा संक्रमण भेटिएको छ। धनुषाको श्रीनाथ गणमा चार, नारायणहिटी दरबार संग्रहलाय परिसरमा रहेको गोरखबहादुर गणमा एक, पाल्पास्थित् गोरखदल गणमा दुई र कैलालीस्थित् कालीरक्षा गणमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका १० जना नेपाली सेनामा पनि कोरोना संक्रमण भएको छ। हालसम्म ६ जना कोरोना संक्रमित सैनिक उपचारपछि संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्। 

प्रतिक्रिया दिनुहोस