आज दिभरको मौसम कस्तो रहला ? यो वर्ष गर्मी कम हुने मौसमविदको आकलन

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, ०९ : ५६
आज दिभरको मौसम कस्तो रहला ? यो वर्ष गर्मी कम हुने मौसमविदको आकलन

काठमाडौँ । जल तथा मौसम पुर्वानुमान शाखाले  मनसुनी गतिविधि गत वर्ष भन्दा अहिले निकै पृथक रहेको जनाएका छन् । मौसमविदहरुले प्रि–मनसुनको समय र मनसुन सुरु भएपछि पनि लगातार पानी पर्ने क्रम जारी रहेका र विगतका वर्षको भन्दा अहिले मनसुनी गतिविधि निरन्तर सक्रिय रहेको बताएका छन् । 

अहिले पनि नेपालको दक्षिण तर्फ मनसुनी न्यून चापीय रेखा रहेकाले देशका अधिकांश स्थानमा पानी परिरहेको छ । । सो रेखा तल आएको अवस्थामा नेपालमा मनसुनी गतिविधि कमजोर हुन्छ, तर यो वर्ष मनसुन सुरु भएदेखि नै गतिविधि सक्रिय रहेको उनले बताइन् ।

तुलनात्मक रुपमा गएको वर्ष जस्तो अहिले गर्मी पनि नभएको र तराईका क्षेत्रमा लु लाग्ने समस्या पनि नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको समयमा प्रायः पानी परेको तथा समुद्री आँधीहरुको अप्रत्यक्ष प्रभावका कारण पनि यो वर्ष कम गर्मी भएको हो । विगतका वर्षमा ढिला गरी प्रवेश गरेको मनसुन सक्रिय नहुँदा खडेरीको समस्या हुने गर्थ्यो, तर यो वर्ष अहिलेसम्म खडेरीको सम्भावना कम रहेको उनीहरुको भनाई छ । 

यो वषै दाङ र विराटनगरमा मनसुनको समयमा पर्ने सरदर पानी भन्दा बढी वर्षा भइसकेको छ । देशका अरु क्षेत्रमा पनि औषत वा त्यो भन्दा बढी पानी पर्ने आँकलन गरिएको महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकाले शनिबार पनि सामान्य बदली हुनेछ। हाल थोरै स्थानमा पानी परेको भए पनि दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने मौसमविदले बताए ।

राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १ प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस