रक्तस्राव हुनथालेपछि सुत्केरीको हवाई उद्धार

रासस

शुक्रबार, १२ असार २०७७, १२ : ५९
रक्तस्राव हुनथालेपछि सुत्केरीको हवाई उद्धार

फाइल फोटो

बलेवा । अत्यधिक रक्तस्राव  हुनथालेपछि  सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । 

बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको  अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा  अस्पताल पठाइएको उहाँले बताउनुभयो  । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ । (रासस)