काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक यही असार १० गतेदेखि शुरु भएको बैठक भएको थियो । १० गतेको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० र विविध कार्यसूचीमा छलफल हुने छ ।
कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ ।
एमसीसीका परियोजना पारित गरिसक्नु पर्ने अन्तिम समय असार १६ रहेको भएपनि अझैसम्म नेकपाभित्रको विवाद सुल्झिन सकेको छैन ।
नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।
नेकपाले एमसीसी अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिँदै केही परिमार्जनसहित पारित गर्नुपर्ने प्रतिवेदन समेत बुझाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं