काठमाडौं । काठमाडौं लगायत देशभर आज बिहानै देखि पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकाले मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिनभर पानी पर्ने र धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसमेत पर्न सक्ने विभागले जनाएको छ । त्यसमध्ये पनि प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने विभागले अनुमान लगाएको छ । बिहिबार मात्रै सप्तरी र मकवानपुरमा चट्याङका कारण ६ जनाको मृत्यु भएको थियो ।
मौसम विभागका अनुसार दिउँसो प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा पानी निरन्तर पर्ने भएपनि साँझ पछि बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पनि भारी मात्रामा पानी पर्ने सम्भावना रहेको छ । भारी वर्षाको कारण नदीमा बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।
कुन कुन नदीमा आउन सक्छन् बाढी ?
जलविज्ञ सुनिल पोरखेलका अनुसार, पानी निरन्तर तीन दिन पर्न सक्ने देखिएकोले अबको केही दिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा पानीको बहाव बढ्न सक्नेछ ।
ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी आउने तथा पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्ने पोखरेलको भनाई छ ।
कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पानीको बहाव पुग्न सक्ने देखिन्छ । नारायणी नदीमा समेत बिस्तारै बहाव बढ्ने क्रममा रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०७७, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम