कोरोना सन्त्रास : जल यातायात प्रभावित

पत्रपत्रिकाबाट

शुक्रबार, १२ असार २०७७, ०८ : २३
कोरोना सन्त्रास : जल यातायात प्रभावित

भरतपुर । पर्यटनमा आधारित जल यातायात सञ्चालन गरिरहेका मोटरबोट सञ्चालकहरू लामो बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । सिजनभर नै बन्दाबन्दीको मार खेपेका सञ्चालकहरू वर्षा सुरु भएसँगै बैङ्कको ऋणको सावाँ ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

दुई वर्षदेखि नारायणी नदीमा मोटरबोट सञ्चालन गरिरहेको संस्था एमटीएस मोटरबोट प्रालिका सञ्चालक सोम आले मोटरबोट सञ्चालन गर्न नपाउँदा आफूहरू समस्यामा परेको गुनासो गर्नुहुन्छ । “बन्दाबन्दीले परिवार नै कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाहरूले यही बेला किस्ताको सावाँ ब्याज तिर्न भनेर दबाब दिइरहेका छन् । ” प्रालिको तीनवटा मोटरबोट नारायणी नदीमा सञ्चालनमा छन् । आलेले आफ्नो प्रालिअन्तर्गत बैङ्कमा १२ लाख रुपियाँ ऋण भएको बताउनुहुन्छ ।

मोटरबोट चलेको भए एउटै मोटरबोटबाट दैनिक छ÷सात हजार कमाउन गाह्रो थिएन । अहिले हाम्रो तीन÷तीनवटा मोटरबोट ठप्पै भएर बसेका छन्, उहाँको गुनासो थियो । आफ्नो १५ जना परिवार यसैको आम्दानीमा आश्रित रहेको पनि उहाँले बताउनुभयो । यस्तै अर्का मोटरबोट सञ्चालक मदन कर्माचार्य पनि मोटरबोट नचल्दा चुलो नबल्ने अवस्था भएको गुनासो गर्नुहुन्छ । हिउँदको सिजन मोटरबोट चल्ने राम्रो सिजन हो तर चैतदेखि जेठसम्म नै मोटरबोट बन्द गर्नुपर्ने अवस्था आयो, उहाँले थप्नुभयो, “असारदेखि असोजसम्म नारायणी बढ्ने हुँदा मोटरबोट चलाउन सकिने अवस्था नै रहँदैन । ” वर्षा उनीहरूका लागि अफसिजन हो । कोरोनाले त गर्नुग¥यो, कसरी परिवार पाल्ने हो भन्ने चिन्ता भयो, उहाँको भनाइ छ । कर्माचार्यको सात जनाको परिवार छ ।

नारायणी नदीमा अहिले १३ वटा मोटरबोट सञ्चालनमा छन् । साढे १२ लाख रुपियाँदेखि एक करोड २५ लाख रुपियाँसम्म लगानी गरेका मोटरबोट अहिले कोरोनाको कहरले सञ्चालनमा आउन सकेका छैनन् । एउटा मोटरबोटको कमाइ औसत दैनिक पाँच हजार रुपियाँ मान्ने हो भने पनि अहिले नारायणीमा रहेका १३ वटा मोटरबोटले दैनिक ६५ हजार रुपियाँ घाटा खाइरहेका छन् । जुन रकम महिनामा झन्डै २० लाख रुपियाँ हुन्छ ।

यस्तै नारायणी नदीमा नै क्रुज ९सानो पानीजहाज० सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीको प्रभावले सञ्चालनमा ढिलाइ भएको छ । नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज चलाउने तयारी भइरहेका बेला बन्दाबन्दी भएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुज सञ्चालनका लागि निर्माणको काम सकेर बसेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस