लाइसेन्स परीक्षामा ५.८३ प्रतिशतमात्र उत्तीर्ण

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, १९ : २६
लाइसेन्स परीक्षामा ५.८३ प्रतिशतमात्र उत्तीर्ण

काठमाडौं । शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा जम्मा ५.८३ प्रतिशत विद्यार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन् । सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भए । 

प्रदेश २ र कर्णाली प्रदेशमा त उत्तीर्ण दर ३ प्रतिशत हाराहारी मात्र छ । प्रदेश २ मा १० हजार ६८९ मध्ये ३४९ र कर्णालीमा १२ हजार ७० मध्ये ३७० जनाले न्यूनतम पास मार्क ल्याए ।

संघीय राजधानी रहेको वाग्मती प्रदेशमा पनि करिब ८ प्रतिशतले मात्रै शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन् । निम्न माध्यमिक र माध्यमिक तहको अवस्था पनि योभन्दा फरक छैन । निमावि शिक्षक अनुमतिपत्रको परीक्षामा सहभागी एक लाख एक हजार ९८४ मध्ये पाँचहजार ७०८ (५.६ प्रतिशत) मात्र उत्तीर्ण भए ।

प्रतिक्रिया दिनुहोस