काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रात्री भोज आयोजना गर्न लागेकी छिन् । आज बेलुकी ५ बजे उनले रात्री भोज आयोजना गर्न लागेकी हुन् । त्यसका लागि नेताहरुलाई उनको सचिवालयबाट निम्तोपत्र गईसकेको छ ।
कोभिड १९ को महामारीले ठूला सभा सम्मेलन नगर्न सरकार स्यवंले आग्रह गरिरहेका बेला भण्डारीले भने रात्री भोज गर्न लागेकी हुन् । ६ महिना अगाडी नेकपाको स्थायी समिति बैठक चलिरहँदा पनि उनले झण्डै एक दर्जन नेकपाका स्थायी समिति सदस्यलाई बोलाएर लन्च मिटिङ गरेकी थिइन् ।
बैठकका बेला राष्ट्रपतिले नेताहरुलाई बोलाएर लन्च मिटिङ गरेको त्यसबेला निक्कै आलोचना भएको थियो । तर यसपटक भने केही अन्य राजनीतिक दलका नेताहरुलाई पनि उनले रात्री भोजमा निम्तो गरेकी शितल निवास स्रोतले बतायो । नेकपाका नेतालाई मात्र निम्तो गर्दा विवादमा पर्न सक्ने ठानी उनले अन्य दलका नेतालाई पनि छानेर निम्तो दिएको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०७७, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल