काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रात्री भोज आयोजना गर्न लागेकी छिन् । आज बेलुकी ५ बजे उनले रात्री भोज आयोजना गर्न लागेकी हुन् । त्यसका लागि नेताहरुलाई उनको सचिवालयबाट निम्तोपत्र गईसकेको छ ।
कोभिड १९ को महामारीले ठूला सभा सम्मेलन नगर्न सरकार स्यवंले आग्रह गरिरहेका बेला भण्डारीले भने रात्री भोज गर्न लागेकी हुन् । ६ महिना अगाडी नेकपाको स्थायी समिति बैठक चलिरहँदा पनि उनले झण्डै एक दर्जन नेकपाका स्थायी समिति सदस्यलाई बोलाएर लन्च मिटिङ गरेकी थिइन् ।
बैठकका बेला राष्ट्रपतिले नेताहरुलाई बोलाएर लन्च मिटिङ गरेको त्यसबेला निक्कै आलोचना भएको थियो । तर यसपटक भने केही अन्य राजनीतिक दलका नेताहरुलाई पनि उनले रात्री भोजमा निम्तो गरेकी शितल निवास स्रोतले बतायो । नेकपाका नेतालाई मात्र निम्तो गर्दा विवादमा पर्न सक्ने ठानी उनले अन्य दलका नेतालाई पनि छानेर निम्तो दिएको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०७७, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल