काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ ।
केही प्रदेशम ामनसुनी गतिविधि कमजोर र केहीमा सक्रिय रहेको जनाएको छ । प्रदेश एक र दुईमा मनसुनी गतिविधि सक्रिय रहे पनि अरु प्रदेशमा कमजोर रहेको मौसमविदले बताए । हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग मा मौसम सफा छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा र प्रदेश १ का तराई भूभागमा वर्षा भएको छ ।
राति देशको सबै प्रदेशहरुका अधिकांश स्थानमा पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०७७, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना