काठमाडौं । नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।
सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।
यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असार २०७७, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु