काठमाडौं । हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले आज साँझ उनीहरुलाई रु चार हजारसहित पक्राउ गरेको जनाइएको छ ।
सेवाग्राहीलाई भुक्तानी दिँदा अभियुक्तले कमिसन मागेको आयोगले आरोप लगाएको छ । उनीहरुलाई मुचुल्का संकलन गरी नगरपालिका कार्यालयबाट आयोगको कार्यालय बर्दिवास लगिएको कार्यालयले जनाएको छ । आवश्यक कारवाहीका लागि आयोगको केन्द्रीय कार्यालय टङ्गाल बुधबार पठाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ असार २०७७, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ