नीलोपुल –शिवपुरी चोक कालोपत्र हुने

रासस

आइतबार, ०७ असार २०७७, १९ : ४५
नीलोपुल –शिवपुरी चोक कालोपत्र हुने

फाईल फोटो

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १० अन्तर्गत नीलोपुलदेखि शिवपुरी चोकसम्मको सडक पुनः कालोपत्रे हुने भएको छ । नगरपालिकाको चौथो चौमासिक योजनाअन्तर्गत सो कामका लागि रु १५ लाख विनियोजन भएको छ । 

मूल सडक र भित्री भाग गरी करीब एक किमी सडक चालु आवमा नै कालोपत्र हुने छ । सडक कालोपत्रका लागि प्रगतिनगर(नीलोपुल) टोल विकास समितिको  आह्वानमा आज साँझ आयोजित भेलाले स्थानीयवासी दीपक कार्कीको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा  दीपक खड्का, सचिवमा राजेन्द्र पोखरेल, कोषाध्यक्षमा  धनकुमारी बराल तथा सदस्यमा हिमाल गुरुङ, कृतिका खनाल, सञ्जीव लामा, भानु श्रेष्ठ र  कृष्णकुमारी चिमरिया एवं सल्लाहकारमा रामजी खड्का, मेखबहादुर खत्री र देवराज भट्ट रहनुभएको छ । बोलपत्र आह्वानलगायत काम नगरपालिकाबाटै हुने र यसै आवमा काम सक्ने समितिका सल्लाहकार  खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस