काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले पूँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनताप्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने बताउनुभयो ।
पूँजीवादीहरु जनताप्रतिको दायित्व राज्यसँग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले साम्यवादीहरु पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेको उल्लेख गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले गाउँको विकास, गाउँको उन्नति, गाउँमा नै जनतालाई रोजगारी अनि गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको उल्लेख गर्दै नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताउनुभयो । काँग्रेसले पनि हलो क्रान्ति र मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको उहाँको भनाइ थियो । उहाँले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र शहरमा जनसङ्ख्याको चाप बढ्ने अनि गाउँ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताउँदै महाकाली सन्धिका बारेमा प्रश्न उठेको सम्बन्धमा त्यसमा कुनै राष्ट्रघात नभएको स्पष्ट पार्नुभयो । उहाँले महाकाली सन्धिमा महाकाली नदीलाई अधिकांश सीमा भनेर राष्ट्रघात भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदीमात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनी प्रश्न गर्नुभयो ।
उहाँले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताउँदै महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको र पार्टी ‘भिजन’ एवं ‘मिसन’ सहितको नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ असार २०७७, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट