काठमाडौं । भारतले १० जना सैनिक बन्धक बनाएर छाडेको खबरको चीनले खण्डन गरेको छ । लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तपछि चीनले १० जना भारतीय सैनिकलाई बनाएको खबर सार्वजनिक भएको थियो ।
उक्त समाचारप्रति खण्डन गर्दै चीनले कोही पनि भारतीय सैनिकलाई नियन्त्रणमा नै नलिएको प्रष्ट पारेको छ । शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् । चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारतीय पक्ष छ।’
भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतका भारतीय सञ्चार माध्यमहरूले सैन्य वार्तापछि चीनले नियन्त्रणमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको बताएका थिए। चीन र भारतबीच सोमबार भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल