एजेन्सी । चीनले भारत सेनासंगको झडपमा नियन्त्रणमा लिएका १० भारतीय सेनालाई रिहा गरेको छ । ३ दिन अगाडी भारत–चीन सीमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबिचको भिडन्तको क्रममा आज रिहा गरिएका भारतीय सेनालाइ नियन्त्रणमा लिएको थियो ।
अन्र्तराष्ट्रिय संचारमाध्यमका अनुसार चीनले बिहीबार बेलुका १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको हो । भारत र चीनको आर्मीका मेजर जनरल तहमा भएको वार्तापछि बन्धक रहेका भारतीय सैनिक स्वतन्त्र भएका हुन् । पूर्व लद्दाखसँगैको गलवान उपत्यकाको वास्तविक नियन्त्रण रेखा (एएलसी) मा गएको सोमबार राति भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च सैनिक कमाण्डरसहित २० जनाको ज्यान गएको थियो ।
यसरी रिहाई पाउनेहरुमा भारतीय सेनाका एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजर पनि रहेका छन्। बुधबार बेलुका भारत र चीनका मेजर जनरल तहको वार्तामा भएको सहमति अनुसार १० भारतीय सैनिकलाई बिहीबार बेलुका पाँच बजेतिर चीनले रिहा गरेको र उनीहरुलाई कुनै चोट नपुर्याइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय सेनाले अब एलएसीमा भएको भिडन्तपछि कुनै पनि भारतीय सैनिक बेपत्ता वा सम्पर्क बाहिर नरहेको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ असार २०७७, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु