मेची पुलमा भारतले रोक्यो नेपाली सामग्री

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ असार २०७७, ०८ : २४
मेची पुलमा भारतले रोक्यो नेपाली सामग्री

file photo

काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्णत हुन लागेको २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ । 

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन नपाएको व्यवसायीले बताएका छन् । १५ दिनदेखि नेपाली उत्पादन निर्यात गर्ने प्रयत्न भइरहेको उनीहरुको भनाइ छ । 

भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिम समझदारीपछि नेपाली वस्तु भारत निकासी गर्न खोजिएको नेपाल–बंगलादेश चेम्बर अफ ट्रडर्सका संस्थापक पन्नलाल जैनले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस