काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन । त्यो त एउटा हुल आएको हो । जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन’, प्रधानमन्त्रीको भनाइ छ । उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए ।
प्रधानमन्त्रीले ओलीले अहिलेसम्म बाहिरबाट आएकामा मात्रै संक्रमण देखा परेको भन्दै सरकारको सजगताका कारण समुदायमा फैलन नपाएको दावी समेत गरे ।
‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन् । यहाँ समुदायमा फैलिएको छैन’प्रधानमन्त्रीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली