काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन । त्यो त एउटा हुल आएको हो । जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन’, प्रधानमन्त्रीको भनाइ छ । उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए ।
प्रधानमन्त्रीले ओलीले अहिलेसम्म बाहिरबाट आएकामा मात्रै संक्रमण देखा परेको भन्दै सरकारको सजगताका कारण समुदायमा फैलन नपाएको दावी समेत गरे ।
‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन् । यहाँ समुदायमा फैलिएको छैन’प्रधानमन्त्रीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना