जानकी मन्दिरको मुलढोका असी दिनपछि बल्ल खुल्यो

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०७७, १४ : २७
जानकी मन्दिरको मुलढोका असी दिनपछि बल्ल खुल्यो

फाइल फाेटाे

जनकपुर । देशव्यापी लकडाउनका कारण गत चैत १५ गतेदेखि बन्द गरिएको जानकी मन्दिरको मुलढोका आजदेखि सर्वसाधारणका लागि खोलिएको छ ।

सर्वसाधारणको लागि मुलढोका बन्द गरिएतापनि मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहेको थियो । इतिहासमै पहिलोपटक बन्द गरिएको जानकी मन्दिरको मुलढोका ८० दिन पछि पुनः सर्वसाधारणका लागि खोलिएको सहायक महन्थ रामरोशन दासले जानकारी दिए ।

लामो समय पश्चात मन्दिर खुलेपछि दर्शन गर्नेहरुको भीड बढेको छ। तर भक्तजनहरुले सामाजिक दूरीको ख्याल नगर्दा समस्या उत्पन्न भईरहेको उनले बताए ।
दैनिक रुपमा मन्दिर सेनिटाइन र सामाजिक दूरीको पालना गराउन स्थानीय प्रशासनले पहल गरिदिन दासले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस