नारायणी नदीमा एक युवाको शव फेला

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, ११ : २६
नारायणी नदीमा एक युवाको शव फेला

नवलपुर । पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ । 

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । 

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस