काठमाडौँ । नेपाल र भारतका बीच कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमा विवादका कारण सम्बन्धमा खटपट शुरु भएको छ । १४० वर्ष देखि भारतले अतिक्रमण गरेर कब्जा गर्दै आएको नेपालको जमिनको विषयमा अहिले दुई देशबीच विवाद देखिएको छ ।
तर यही बेला पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न भारतसँग सरकारले भने ३ करोड रुपैयाका लागि पनि हारगुहार गरेको छ । भारतको ३ करोड ७२ लाख र काठमाडौं महानगरको एक करोड ४५ लाख रुपैयाको लागतमा पशुपति क्षेत्रको मुख्य मन्दिर परिसरमा सरसफाई र खानेपानी सम्बन्धि परियोजनामा हस्ताक्षर भएको छ ।
हिजो सोमबार भएको उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजना अन्तर्गत भारतीय दूतावासको तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको एक करोड ४५ लाख ७९ हजार १४४ लागत सहभागिता रहने परियोजनाको लागत पाँच करोड १८ लाख १० हजार ३०६ रहने बताईएको छ । यति सानो रकममा पनि भारतसँग हात पसारेको भन्दै सरकारको आलोचना पनि शुरु भएको छ । उद्योगपति तथा काँग्रेस सांसद विनोद चौधरीले साना रकममा पनि विदेशीसँग हात पसारेको भन्दै असन्तुष्टि जनाएका छन् ।
हुन पनि नेपाल स्यवंले पशुपति क्षेत्रको सरसफाई र खानेपानी ब्यवस्थापनका लागि आफै योजना बनाई काम गर्न सक्छ । जे कुरामा पनि विदेशीको मुख ताक्ने र विदेशीमै भर पर्न खोज्ने प्रवृतिको बेलैमा विरोध हुन नसक्दा सरकार मगन्ते भईरहेको छ । अझ भारतसँगको सिमा विवाद बढिरहेका बेला मगन्ते शैलीमा साना तिना क्षेत्रमा पनि सहयोगका लागि हात पसार्ने नेपाल सरकारको लाचारीपनको आलोचना हुन थालेको छ ।
भारतीय दुतावासका प्रतिनिधीसहितको उपस्थितीमा हिजो भएको सम्झौता अनुसार अब परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने उल्लेख छ ।
शहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै स्रोतमा पनि धेरै काम गरिरहेको छ। तर साना–साना परियोजनाबाट नेपाल र भारतका जनता–जनता स्तरमा सुमधुर सम्बन्ध रहोस् भन्ने उद्देश्यले सहकार्य गरिएको दाबी सम्झौता कर्ताहरुले सम्झौताका क्रममा ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०७७, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’