बागलुङमा जिप दुर्घटना, सात जना घाइते

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०८२, २० : १९
बागलुङमा जिप दुर्घटना, सात जना घाइते

बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको लु ३ च ५१५० नं को पिकअप जिप बागलुङ नगरपालिका-४ रातमाटामा बुधबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक गलकोट नगरपालिका–३ नौबिसे टोलका २५ वर्षीय यादव खत्री, सोही वडाका ७३ वर्षीया दिलकुमारी सहनी, गलकोट–९ का ५६ वर्षीय देवबहादुर केसी, गलकोट–४ डाँडा खेतका २६ वर्षीया शारदा खत्री, गलकोट–७ बामियाँका २४ वर्षीय रोशन थापा र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस