एजेन्सी । दुई महिना यता चीनमा कोरोना संक्रमित नदेखिएपनि अहिले पुनः चीनमा संक्रमित भेटिन थालेका छन् । ५ दिन यता भेटिन थालेको संक्रमितको संख्या चीनको राजधानी बेइजिङमाअहिले ७९ पुगको छ । सोमबार थप ३६ जनामा संक्रमण पुष्टि भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुरले जानकारी दिएका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार थप चीनभरमा ४९ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको जनाएको छ । यसमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन् । स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन् ।
५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा जुन ११ यता ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चीनमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको चिन्ता शुरु भएको छ । फेला परेका नयाँ संक्रमित सिन्फादी होलसेल बजारसँग जोडिएका छन् । बेइजिङको दक्षिणपश्चिममा रहेको फेङताई जिल्लामा यो बजार रहेको छ । संक्रमितहरु यस बजारका ब्यापारी र ग्राहक रहेका छन् ।
नयाँ संक्रमित फेला परेसँगै जिल्लाका उपप्रमुखसहित अन्य स्थानीय अधिकारीहरुलाई कारवाही गरिएको सरकारले जनाएको छ । कोभिड–१९ नियन्त्रणको जिम्मेवारी असफल भएको भन्दै फेङताई जिल्लाका उपप्रमुख झोउ युकिङलाई पदबाट बर्खास्त गरिएको छ । जिल्लामा युद्धकालिन अवस्था घोषणा गर्दै बजारको वरपर रहेका ४६ हजार वासिन्दाको परीक्षण गर्ने तयारी गरिएको छ । नयाँ संक्रमित फेला परेसँगै बजारलाई बन्द गरिएको छ भने ११ आवासीय क्षेत्रमा लकडाउन लागू गरिएको छ । विद्यालयहरु पनि बन्द गर्न लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ असार २०७७, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल