नेकपा सचिवालय बैठक बस्दै, एमसीसी बारे छलफल

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, ०८ : ५८
नेकपा सचिवालय बैठक बस्दै, एमसीसी बारे छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार आज बस्दैछ । बैठक अपराहन्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । श्रोतका अनुसार यक्त बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल हुनेछ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको छ । उनीहरुलाई यसअघिको सचिवालय बैठकमा पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो ।

एमसीसीलाई लिएर नेकपामै विवाद रहँदै आएको छ । आइतबारको बैठकमा एमसीसीलाई लिएर पार्टीमा रहेको विवाद टुंग्याउने प्रयास हुने जनाइएको छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस