काठमाडौं । विश्व बैंकले आर्थिक पुनर्बहालीका लागि नेपाललाई करिब ५४ अर्ब २८ करोड रुपैयाँ थप ऋण सहयोग दिने भएको छ । विश्वबैंकले रणनीतिक सडक सुधारका लागि ४५ करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको हो ।
बैंकको बोर्ड बैठकले नेपालको सडक पूर्वाधारको स्तरोन्नतिका लागि यो रकम दिन लागेको हो । बैंकले कोभिड–१९ महामारीपछि मात्रै नेपाललाई १ खर्ब ३० अर्ब दिइसकेको छ । यसअघि बैंकले नेपाललाई कोरोना भाइरस महामारीलगत्तै फरक–फरक शीर्षकमा करिब ७२ अर्ब रुपैयाँबराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ ।
बिहीबार दिने भनिएको ऋण सहयोग आगामी आर्थिक वर्ष २०७७र७८ का लागि रहेको विश्व बैंकले जनाएको छ । सहायता रकम रणनीति सडक निर्माणमा प्रयोग गरिने बताइएको छ । अन्तरदेशीय व्यापारिक मार्ग निर्माण, व्यापार वृद्धि, थप रोजगारी सिर्जना र सुरक्षित सडक यातायात विकासका लागि खर्च हुने गरी स्वीकृत गरिएको हो । (राजधानी दैनिकमा खबर छ)
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० जेठ २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
विश्व बैंकको अनुमान : यो वर्ष नेपालको आर्थिक वृद्धि मात्र २.१ प्रतिशत
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त