कुन देशमा रहेका नेपाली कहिले कहिले आउँछन् नेपाल ? (यस्तो छ कार्यतालिका)

'कुवेतबाट ३ सय नेपाली महिला कामदार आज स्वदेश फर्किदै'

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, ०९ : २५
कुन देशमा रहेका नेपाली कहिले कहिले आउँछन् नेपाल ? (यस्तो छ कार्यतालिका)

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने काम शुरु गरिसकेको छ । म्यानमार र यूएईबाट केही नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाइनमा राखेको सरकारले अहिले कुवेतबाट नेपाली महिला कामदार ल्याउन लागेको छ ।

आजै नेपाल आइपुग्ने ति महिला कामदारलाई बोकेर पहिलो जहाज उडिसकेको छ । कुवेतको स्थानिय समय अनुसार बिहानको ४ बजे जहाज काठमाडौंको लागि उडेको छ । कुवेतले दुईवटा जाहजबाट नेपाली कामदारलाई स्वदेश फर्काउन लागेको छ । दुई चरणमा गरी आजै कुवेतबाट ३०० नेपाली महिला कामदार स्वदेश फर्किन लागेका हुन् ।

अन्य देशबाट कहिले आउछन् ?

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सरकारले विदेशमा रहेका नेपालीहरुलाई प्राथमिक सूचिका आधारमा स्वदेश ल्याउने गरी कार्यतालिका र हवाई भाडाको रेट निर्धारण गरिसकेको बताए । लामिछानेका अनुसार जेठ ३२ गते बंगलादेशबाट नेपालीहरु स्वदेश आउनेछन् । नेपाल वायुसेवा निगमको जहाजले बंगलादेशबाट पहिलो उडान भर्नेछ । बंगलादेशका लागि १ सय ६५ डलर भाडा सरकारले तय गरेको छ । असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान हुनेछ ।

असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान हुनेछ । त्यसैगरी असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान हुनेछ । असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान गरेर नेपालीलाई स्वदेश ल्याउने तयारी सरकारले बनाएको छ । त्यसैगरी, असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान हुनेछ । असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान गर्ने गरी सरकारले तयारी गरेको छ । 

असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ । असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन् । असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान र असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुने सहसचिव लामिछानेले जानकारी दिए ।

यसरी स्वदेश आउन चाहनेलाई सरकारले आफैले भाडा तिर्नुपर्ने नियम पनि बनाएको छ । जस अनुसार लन्डनका लागि १ हजार ३ सय ४० डलर, साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुधाबी ५००, ओमन ५१०, क्वालालाम्पुर ५२०, दोहा ५४५ र हङकङ ५५० डलर भाडा दर तोकिएको पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस