प्रधानमन्त्री ओलीलाई गगन थापाका ९ प्रश्न

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १३ : १४
प्रधानमन्त्री ओलीलाई गगन थापाका ९ प्रश्न

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमामा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ९ वटा प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनपछि उनले पुरक प्रश्नहरु सध्ने क्रममा भाग लिँदै एक मिनेटका समयमा ९ प्रश्न सोधेका हुन् ।

ती प्रश्न यी हुन् ।

सरकारले ५ वटा पिसिआर मेसिन किनेको तर पाँच वटै किन चल्दैन ?  
क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?
हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?
नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्युहरु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?
भष्टाचार र स्वास्थ्य सामग्रीको सुची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु तयार हुनुहुन्छ प्रधानन्त्री ज्यू ?
जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती ब्यक्ति हुन कि नेपाली नागरिक हुन् ?  
ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारलेको काम हो वा हामीले गरिदिनुपर्ने ? 
आज त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपथ्र्यो ? 
वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्यूजील्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?
 

प्रतिक्रिया दिनुहोस