काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको सामग्री खरिदमा कुनै पनि भ्रष्टाचार नभएको बताएका छन् । उनले यो विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् । कहिकतै भएकै छैन भन्न सकिदैन, भएको छ भने यस्तो परिस्थितीमा, यस्तो संकट, आपतविपत परेको बेला भ्रष्टाचार भएको छ र गर्छ भने सह्य नहुने बताए । त्यस्तालाई कुनै पनि बहानामा उम्किन दिईने छैन् ।
आज प्रतिनिधी सभामा बोल्दै उनले कोरोना नियन्त्रण तथा रोकथाममा लागेको खर्च हिसाबकिताब प्रति ढुक्क रहन र सबै हिसाबकिताब महालेखापरिक्षकबाट आउने बताए । सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको मापदण्ड के हो ? कहां पुग्यो भने समृद्ध र खुसी भईन्छ भन्ने काममा सरकार लागेको दाबी समेत गरे ।
कोरोनाको स्थिती शुरुमा नियन्त्रणमा थियो, पछि ८५ प्रतिशत कोरोना भारतबाट भित्रिएको बताए । त्यही कारणले संक्रमितको संख्या बाढी जस्तै आएको पनि उनको तर्क छ । कोरोनाबाट १५ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै नेपालीको रोगको प्रतिरोधको क्षमता राम्रो भएकाले त्यति ठुलो हताहति नभएको धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन