चितवन । चितवनमा आइतबार साँझ असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ ।
इच्छाकामना गाउँपालिका–३, ४ र ५ स्थित कुरिनटार, मुग्लिनसहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षति पुगेका सवारीसाधनमा कार ५७, माइक्रोबस १५, मोेटरसाइकल र ट्रक एक/एक रहेका कार्यालयका सूचना अधिकारी एवं डीएसपी रवीन्द्र खनालले जानकारी दिए । ती सवारीसाधनको सिसामा क्षति पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज हुँदै चार अर्ब बढीका विद्युतीय सवारीसाधन आयात
बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते