बुटवल । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब साढे १ बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ । अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ जेठ २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या