धनुषा । जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो ।
मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताउनुभयो । हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन ।
शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ जेठ २०७७, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या