रुघा खोकीको घरेलु औषधि

मंगलबार, ०५ मंसिर २०७४, १२ : ५७
रुघा खोकीको  घरेलु औषधि

जाडोमा   रुघा खोकी जस्ता समस्या देखा पर्दछ,तर जाडोमा लाग्ने रुघा खोकी अझ विशेष गरी खोकीले लामो समय सम्म जो कोहीलाई सताईरहेको हुन्छ । औषधिले क्षणिक काम त गर्छ तर पूनः बल्झिन सक्ने सम्भावना हुन्छ तसर्थ यहाँ बताउन लागिएको घरेलु औषधि जसले मिलाएर प्रयोग गरेमा छिटो खोकी निको हुन्छ ।

एक चम्चा महमा ३,४ थोपा अदुवाको रस र २,३ पत्ता तुलसीको पातको रस पिसेर मिसाउने यो मिश्रणलाई एउटा सानो भाँडोमा हल्का तताउने र तातोनै सेवन गर्ने लगातार दिनको ३ पटक मिलाएर यसको प्रयोगले दोस्रो दिनमा नै खोकि निको हुन जान्छ । खोकी लागीरहँदा धेरै चिसो ,चिल्लो खाना बन्द गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस