काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भएको आरोप लगाउँदै १० अर्बको हिसाब देखाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी सांसदले अहिलेसम्म पनि सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको तर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै खर्च भएको भनिएको १० अर्बको विवरण पेस गर्न आग्रह गरेका हुन् ।
‘हामीलाई अब उत्तर चाहिन्छ, १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ?, पाँचवटा पिसिआर मेसिन किन्ने, जम्मा २५ हजारवटा किट किनेर १० अर्बको खर्च देखाइएको छ,’ सांसद एवं कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले भने, ‘हामीलाई एकएक कुराको हिसाबकिताब चाहिन्छ ।’
यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले थपे, ‘यो निर्लज्जताको पराकाष्ट हो । गर्भवती, कृषक, मजदुर, साना उद्योगी, ठूला उद्योगी र व्यापारीले प्रधानमन्त्रीको गीतबाट राहत पाउँदैनन्, तिनका लागि कार्यक्रम के छ ? जवाफ चाहियो ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ जेठ २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस