नेकपा सचिवालय बैठक अचानक स्थगित

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १२ : ५३
नेकपा सचिवालय बैठक अचानक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ । 

मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित नबस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । 

बैठक किन स्थगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले अर्को बैठक कहिले बस्ने भन्ने पनि थाहा नभएको बताए ।

गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो । 

आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी) का बारेमा छलफल हुने तयारी थियो । 

नेताहरुले बैठक स्थगित के कारणले भएको हो भन्ने नखुलाएपनि संसदको कार्यसूची लम्बिएका कारण पार्टी बैठक पनि स्थगित गरिएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस