यस्तो छ मास्क लगाउने सही तरिका

एजेन्सी

सोमबार, २६ जेठ २०७७, १३ : ०२
यस्तो छ मास्क लगाउने सही तरिका

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ ।

डब्ल्युएचओका अनुसार मास्क लगाउँदा सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोधु हुन्छ । तर रोगको सङ्क्रमणबाट बच्न मास्क सही तरिकाले लगाउनु महत्त्वपूर्ण हुन्छ ।

मास्क त्यतिबेलामात्रै उपयोगी हुन्छ, जब तपाईं त्यसलाई सही तरिकाले प्रयोग गर्नुहुन्छ । डब्ल्युएचओले मास्क लगाउने सही तरिका सिकाउँदै यस्तो भनेको छ,

- मास्क लगाउनु अघि राम्रोसँग हात धोएर सुख्खा बनाउनु होस् । 

- मास्कको बीचमा दोबारिएका तह (सर्जिकल मास्कमा जस्तै) छन् भने तिनलाई भुइँतिर पार्नुहोस् ।

- मास्कलाई कानमा वा टाउको पछाडि अड्काउनु होस् ।

- मास्कको एकातिरको कडा छेउ तपाईंको नाकमाथि टम्म मिलेको हुनुपर्छ ।

- तपाईंको नाक, मुख र सकेसम्म चिउँडो पनि छोपिएको हुनुपर्छ ।

- मास्क लगाउनुको उद्देश्य नाक, मुख वरपर टम्म पार्नु हो ।

- फोनमा कुरा गर्न मास्क तल नसार्नुहोस् ।

- मास्कको अगाडि वा भित्री भागमा नछुनुहोस् ।

- मास्क नमिलाई भएको छैन भने पहिले स्यानिटाइजरले हात सफा पार्नुहोस् ।

- घर फर्किएपछि मास्क झिकेर अगाडिको भाग नछोइकनै डस्टबीनमा हाल्नुहोस् ।

- पुनःप्रयोग गर्न मिल्ने मास्क हो भने तातोपानीमा धोएर घाममा सुकाउनु होस् ।

प्रतिक्रिया दिनुहोस