छुट्टछुट्टै स्थानमा दुईजना मृत अवस्थामा फेला

रासस

सोमबार, २६ जेठ २०७७, १२ : ५२
छुट्टछुट्टै स्थानमा दुईजना मृत अवस्थामा फेला

काठमाडौं । सिन्धुपाल्चोक र नवलपरासी (पश्चिम)मा २ जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने ६० वर्षीय प्रेम हरिजन आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।