करका दरमा चुके अर्थमन्त्री

पत्रपत्रिकाबाट

सोमबार, २६ जेठ २०७७, ०७ : २९
करका दरमा चुके अर्थमन्त्री

फाईल फोटो

काठमाडौं । आागामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादनलाई प्राथमिकतामा राखेका अर्थमन्त्री डा. युवराज खतिवडाले उल्टै कृषि उत्पादनको लागत बढ्ने गरी करको दर बढाए।

बजेट प्रस्तुत गर्ने क्रममा रासायनिक मलमा अनुदान दोब्बर बनाएको भाषण गर्दै तारिफ बटुलेका अर्थमन्त्री करको दर तय गर्दा धेरै ठाउँमा चिप्लिएका छन्। आगामी वर्षका लागि मलको अनुदान ११ अर्ब रुपैयाँ पुर्‍याइएको छ।

प्रमुख बाली धानको उत्पादनको समयमा मल आयात गरेर सुक्खा बन्दरगाहमा ल्याइपुर्‍याएका आयातकर्ताले भन्सार छुटाउँदा ५ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था बजेट भाषण लगत्तै कार्यान्वयनमा आएर रासायनिक मल महँगो भैसकेको छ। तर अनुदान भने आगामी आर्थिक वर्ष (साउन) देखि कार्यान्वयनमा आउनेछ।

बजेट निकासा हुँदासम्म हिउँदे बालीका लागि मात्र अनुदानित मल आइपुग्न सक्ने जानकार बताउँछन्।अर्थमन्त्री खतिवडाले आगामी बजेटमा लक्ष्य गरेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न धानको उत्पादनले ठूलो अर्थ राख्छ। तर उनले प्रमुख कृषि बाली धानको सिजनमा रसायनिक मलमा ५ प्रतिशत भन्सार लगाएका छन्। यसअघि रासायनिक मलमा भन्सार लाग्दैनथ्यो।

प्रतिक्रिया दिनुहोस