काठमाडौं । पूर्व विद्यार्थी नेता भानुभक्त ढकाल स्वास्थ्यमन्त्री छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र पनि । विद्यार्थी राजनीतिबाट उदाएका मन्त्री ढकालसँग कुनै न कुनै योजना होलान्, उनी काममा अब्बल पनि बन्न सक्लान् भन्ने उनलाई नजिकबाट चिन्ने जान्नेहरुको बुझाई थियो ।
कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका उनलाई ओलीले उपेन्द्र यादवको सत्ता बर्हिगमनसँगै स्वास्थ्यमा सार्ने काम गत मंसिर ४ मा गरेका थिए । त्यसयता ढकालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ७ महिना पुगेको छ । तर ७ महिना यता उनले मन्त्रालय संकटका बेला कसरी जनताका सारथी बनाउने भन्नेमा कुनै रणनीति बनाउन सकेका छैनन् । स्वास्थ्य सामाग्री खरिद प्रकरण देखि योजना निर्माण सम्ममा मन्त्री ढकाल असफल देखिएका छन् ।
कोरोनासँग फ्रन्टलाइनमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु नै समेत अहिले मन्त्री ढकालसँग सन्तुष्ट छैनन् । विवादास्पद ओम्नी समुहसँग औषधी तथा स्वास्थ्य सामग्री खरिद प्रकरण देखि नै मन्त्री ढकाल विवादमा तानिएका छन् । संकटका बेलामा पनि खरिद प्रकरण लगायतमा उनले आर्थिक लाभहानीका विषयमा मात्र घोत्लिएको आरोप उनी माथी छ । स्वास्थ्य मन्त्रालय आफैमा अस्वस्थ्य मात्र हुन थालेको चर्चा अहिले हुन थालेको छ । अढाई वर्षमा ३ मन्त्री र ७ सचिव फेरिएको स्वास्थ्य मन्त्रालयमा पछिल्लो ३ महिना निक्कै अस्तब्यस्तता देखिएको छ ।
पछिल्लो पटक उसले तयार पारेको कोरोना परिक्षणको नयाँ पोटोकलका कारण पनि थप विवादित बनेका छन् । यसलाई विज्ञहरुले र स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य माथी स्वास्थ्य मन्त्रालयको गम्भिर खेलवाडको रुपमा अथ्र्याएका छन् । तर पनि मन्त्री तै चुप मै चुपको रणनीतिमा छन् । मन्त्रालयले कोरोना परिक्षणका लागि अहिले ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बनाएको छ । क्वारेन्टिनमा बसेका र लक्षण देखिएकालाई आरटी–पीसीआर गर्ने नयाँ प्रोटोकलमा उल्लेख छ ।
क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या छैन, कोभिडको कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने भनिएको छ । तर, हाललाई आरडीटी गर्ने भनिएको छ । आरडीटि आफैमा विश्वसनिय होइन भन्ने प्रश्न डब्लुएचओ देखि सबैले भनिरहेका छन् । सुर्खेतमा मात्रै पनि आिरडिटी नेगेटिभ देखिएर घर पठाएका ब्यक्तिको मृत्यु सम्म भएको र पछि पिसिआर परिक्षण गराउदा पोजेटिभ देखिएको उदाहरणले पनि आरडिटी वैज्ञानिक छैन भन्ने पुष्टि गरिसकेको छ ।
त्यसपछि पनि सरकारको ध्यान भने आरडिटी किट किन्नेमै बढी केन्द्रीत देखिन्छ । अझ रोचक त के भने कोरोना संक्रमण पोजेटिभ देखिएका बिरामीलाई समेत स्वास्थ्य मन्त्रालयकै गलत सर्कुलरका कारण अस्पतालले डिस्चार्ज समेत गरेको छ । चौतर्फी आलोचना र विरोध भएपछि फेरि सरकारले आफ्नै सर्कुलरलाई फेरेको छ ।
ल हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयको यो चटक !
माथीका दुई पत्र पढनुभयो नी ! केही बुझ्नु भयो । कोरोना परिक्षणमा स्वास्थ्य मन्त्रालय कति सम्म गै¥ह जिम्मेवार छ भन्ने यी दुई अलग अलग पत्रले देखाउँछ । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका बिरामीको डिस्चार्जका विषयमा मन्त्रालयले रमिता देखाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद ब्यवस्थापन इकाई महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सबै कोभिड अस्पताललाई पत्र पठाउदै बिरामी डिस्चार्जको सम्बन्धमा एउटा निर्देशन गरिएको छ ।
त्यहाँ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ नीतिलाई आधार बनाएर निर्देशन गरिएको थियो । उक्त पत्रमा पोजेटिभ केसहरुलाई ‘सिमटम फ्रि’ भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आइसोलेसन पछि टेष्ट नगरी डिस्चार्ज गर्न गराउन कोभिड अस्पतालहरुलाई निर्देशन गरिएको थियो । मन्त्रालयको यस्तो निर्देशन पछि धमाधम कोभिड अस्पतालले कोरोना पोजेटिभ भएकालाई परिक्षण बिनै डिस्चार्ज गर्ने काम गर्यो । यसले सरकारले जनस्वास्थ्यमा गम्भिर खेलवाड गर्ने काम गरयो ।
मन्त्रालयको यस्तो रवैयाको चौतर्फी विरोध हुन थाल्यो । त्यसपछि फेरि मन्त्रालयलले त्यसलाई संसोधन गरेको छ । सिसिएमसी ओपिसीका संयोजक महेन्द्र प्रसाद गुरागाईले भने प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउदै संसोधन गरिएको भन्दै आरडिटी परिक्षण क्वारेन्टाइनमा बसेको १४ दिन ब्यतित गरिसकेपछि हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको र संसोधित ब्यहोरा अनुसार गर्न निर्देशन गरिएको थियो । यसले स्वास्थ्य मन्त्रालयको चरम लापरवाही र रमिता राम्रै गरी देखाएको छ ।
डब्लुएचओले समेत आरडिटीमा भर नगर्न निर्देशन गरिरहेका बेला सरकारको भने यही आरडिटी परिक्षण र किटमा देखिएको मोह भने बुझि नसक्नुको छ । यसभित्र सरकार र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कमिसन चक्कर रहेको आरोप लागिरहेको छ । स्वास्थ्य मन्त्रीले नै मन्त्रालय अस्वस्थ्य तरिकाले चलाएको आरोप लागिरहेको छ । तर पनि उनी रमिते बनेर वसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०७७, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण
सबै अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले दिए आवेदन
जटिल रोगको उपचारमा बीमितलाई थप एक लाख दिने निर्णय
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
स्वास्थ्य मन्त्रालयको यस्तो छ मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी