आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, ०९ : ०७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आइतबार सामान्यतया देशभरको मौसम बदली हुने  जनाएको छ । स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो । निसर्ग चक्रवातको प्रभाव भने हटेको छ । 

अहिले देशका अधिकांश भागमा सामान्य बदली भएको छ । पूर्वको तराई र प्रदेश दुईमा भने हाल मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा वर्षा भैरहेको मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थान र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आइतबार राति बागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदली हुने जनाइएको छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस