अत्तरिया । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट, वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।
सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ जेठ २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध सहित सात जना पक्राउ
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ