चीनियाँ नेता सी जिनपिङ् आजीवन शक्तिमा : राष्ट्रपतिको दुई कार्यकालको व्यवस्था हटाउने तयारी

आइतबार, १३ फागुन २०७४, १७ : २६
चीनियाँ नेता सी जिनपिङ् आजीवन शक्तिमा : राष्ट्रपतिको दुई कार्यकालको व्यवस्था हटाउने तयारी

बेइजिङ । माओपछिको सबैभन्दा प्रभावशाली नेता भइसकेका भनिएका चीनियाँ नेता सी जिनपिङ्गले शक्तिमा आफ्नो पकड अझ बलियो पार्न चाहेको देखिन्छ । यो कुरा बेइजिङ्गले राष्ट्रपतिको दुई कार्यकालको व्यवस्था हटाउने योजना सार्वजनिक भएपछि बाहिर आएको हो ।

चीनको आधिकारीक समाचार एजेन्सी सिन्ह्वाले आइतबार यो समाचार सार्वजनिक ग¥यो । मात्र ३६ शब्दको उक्त समाचारमा राष्ट्रपतिको दुई कार्यकालको व्यवस्था हटाउने योजनाबारे उल्लेख गरिएको थियो । यसले सीलाई अर्को दशक वा अझ बढी शासनमा रहने बाटो खोलिदिएको छ ।

रिपोर्टले चीनको २०५ सदस्यीय केन्द्रिय कमिटीले चीनको संविधानमा रहेको राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्धारण गर्ने व्यवस्था संशोधन गर्न प्रस्ताव गरेको छ भनेको छ ।

सो व्यवस्थामा राष्ट्रपति र उपराष्ट्रपतिले ‘लगातार दुई कार्यकाल(प्रत्यक पाँच वर्षे) भन्दा बढी पदमा रहन नपाउने भनिएको छ ।” न्यूयोर्क कन्फेरेन्स बोर्ड रिसर्च समूहकी एक विज्ञ जुड व्लान्चेटले भनिन् “यो आश्चर्यजनक छ । यो सम्भव थियो भनेर मैले सोचेकै थिइँन । मलाई लाग्छ यो एकदम आक्रमक र निडर कदम हो र अनावश्यक पनि ।”
“यो सी जीनपिङ्ग सन् २०२३ पछि पनि शासनमा रहिरहने संकेत हो । यो देङ्गले चार दशक अघि शुरु गरेको दुई कार्यकालको कडा नियमको क्रमभङ्ग हो । यसको प्रभाव कस्तो हुन्छ भनेर हेर्नुछ भने केही हजार माइल पश्चिम रसियामा हेरे पुग्छ,” ब्लान्चेटले भनिन् ।

अहिलेनै सी जीवनभरका लागि नेता हुने भए भन्न गाह्रो छ तर उनको अगाडिको राजनीति कस्तो हुन्छ भन्ने कुरा सन् २०२० र २०२१ मा चीन कस्तो हुन्छ भन्ने कुराले निर्धारण गर्छ । तर जे सुकै होस् सी कम्तीमा आउँदो एक दशकसम्म चीनमा हाबी हुनेछन् ।
हङ्गकङ्गका प्रजातन्त्रसमर्थक नेता जोसुवा ओङ्गले भने समाचार सुनेपछि प्रतिक्रृया दिँदै भने – ‘यो समाचारले ‘सम्राट सीको समय शुरु भएको’ सुनिश्चित ग¥यो ।’

प्रतिक्रिया दिनुहोस