कोरोना कहरको असर : ‘पर्वतीय पर्यटन’ धरासायी उन्मुख

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०७७, १० : ४७
कोरोना कहरको असर : ‘पर्वतीय पर्यटन’ धरासायी उन्मुख

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महमारीले सबैतिर आक्रान्त बढेको छ । कोरोना प्रभावकै कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको छ । नेपालमा यतिबेला कोरोनाको असरले नपरेको भए विश्वै प्राकृतिक सम्पदाले भरिभराउ पर्वतिय पर्यटन, निकुञ्ज, पर्यापर्यटन, खेलपर्यटनमा रमाउन यो देशमा बाह्य पर्यटकको घुईचो लागेको हुन्थ्यो । यतिबेला विश्वकै सर्वोच्च शिखर सगरमाथा चुम्ने लालायितले सैंयौ पर्यटक सोलुखुम्बुको समनिकट हुन्थे ।

पर्यटन व्यवसायी तथा भरिया पेशामा शेर्पा समुदायलाई नभ्याई नहुन्थ्यो । यही २, ४ महिना काम गरेर उनीहरु वर्षौ भरिको खानलाउनको जो हो गर्छन । तिनीहरुको अवस्था अन्य समुदायकै जस्तो विकराल बन्न पुगेको छ ।  तर अहिले अवस्था फेरिएको छ,ति भरिया, पर्यटन व्यवसायीहरु पनि अन्य समुदाय जस्तै मारमा परेका छन् । अब वर्ष भरि कसरी खाने भन्नेमा चिन्तित छन । यो सबै कोरोना कहरल ल्याएको परिणाम हो । भन्दा अत्युक्ति नहोला ।

नेपालमा कृषि क्षेत्रसंगै कुल ग्राहस्थ उत्पादनम पछिल्लो केही वर्ष यता पर्यटन क्षेत्रको पनि मुख्य भुमिका रहदै आएको छ । त्यही भएर पनि होला, पयर्टन क्षेत्रलाई लक्षित गरेर अर्बौ लगानी थपिएका छन् तर अहिले ति लगानी धरासायी हुने अवस्थामा पुगेको छ । सरकारले आरोलो लागिसकेको यो क्षेत्रलाई उकास्न राम्रो ध्यान दिएन भने तहसनहस मात्र नभई हजारौंले पाएको रोगजारी समेत गुम्ने खतरा छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण ठप्प हुन पुगेको नेपाली पर्यटन अन्तर्गत पर्वतीय पर्यटन (ट्रेकिङ र पर्वतारोहण) क्षेत्रले पनि ठूलो क्षति बेहोरेको छ। महामारीका कारण पर्वतीय पर्यटनमा संलग्न हजारौंको रोजगारी गुमेको छ भने व्यापार व्यवसायमा अर्बौंको कारोबार ठप्प भई पर्वतीय पर्यटनका साथै समग्र पर्यटन क्षेत्र नै धराशायी भएको छ। यस क्षेत्रबाट राज्यले पाउनुपर्ने राजस्व पनि उल्लेख्य मात्रामा गुमेको देखिन्छ।

नेपाल आउने विदेशी पर्यटकको संख्या गत वर्ष (सन् २०१९ मा) ११ लाख ९७ हजार रहेको पर्यटन विभागको तथ्याङ्‍क छ। जसमा पर्वतीय पर्यटन गतिविधि अर्थात् ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या लगभग २ लाख रहेको देखिन्छ। यसबाट देश भित्रिने कूल पर्यटकमध्ये तुलनात्मक रुपमा थोरै अंश ९करिब १६ प्रतिशत० मात्र पर्वतीय पर्यटनका लागि आउने देखिएता पनि, पर्यटकको बसाइ अवधि र उनीहरुले गर्ने प्रतिव्यक्ति औसत खर्चका आधारमा देशको पर्यटन क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकको योगदान कम आँक्न मिल्दैन।

पर्वतीय पर्यटनका लागि आउने पर्यटकले नै देशको समग्र पर्यटनमा अहम् भूमिका कसरी खेलिरहेको छ भन्ने बुझ्नको लागि तथ्याङ्‍कको विविध पाटोतर्फ गहन विश्लेषण गरिनु जरुरी छ।पर्यटनसम्बन्धी सोही सरकारी तथ्याङ्‍कले नेपाल बस्ने पर्यटकको औसत बसाइ अवधि १३ दिन र प्रतिदिन उनीहरुले गर्ने खर्च ४६ अमेरिकी डलर देखाएको छ। नेपालका दुर्गम ठाँउहरु घुम्नका लागि ५० डलरभन्दा कम प्रतिदिन खर्च निकै न्यून हो। नेपालका ट्रेकिङ एजेन्सीमार्फत् ट्रेकिङमा जाने पर्यटकले औसत प्रतिपर्यटक १।५ रोजगारी सिर्जना गर्नुका साथै प्रतिदिन कम्तीमा ७० अमेरिकी डलर खर्च गर्ने गर्दछन्।

नेपालका अधिकांश ट्रेकिङमार्गका लागि कम्तीमा तीन हप्ता नेपालमा बिताउनुपर्ने हुन्छ। अझ पर्वतारोहणमा जाने पर्यटकले ट्रेकिङमा भन्दा कैयौं गुणा बढी समय र रकम खर्च गर्नुपर्ने हुन्छ। उदाहरणको लागि सगरमाथा आरोहणका लागि आउने प्रतिआरोही पर्यटकले ५० लाखभन्दा बढी खर्च जोहो गर्नुपर्ने हुन्छ। यसर्थ, नेपाल आउने पर्यटकको औसत खर्च अनुपात र नेपाल बसाइ अवधिभन्दा ट्रेकिङ र पर्वतारोहणका लागि आउने पर्यटकहरुको योगदान निक्कै बढी रहेको हुन्छ। पर्यटकहरुको एकमुष्ट तथ्याङ्‍कमा पर्यटनकै हरेक विधाले देशको अर्थतन्त्रमा कति योगदान दिएको छ भन्ने यकिन तथ्याङ्‍क कुनै निकायले राख्ने गरेको पाइँदैन।

पछिल्लो समय नेपाल पर्यटन बोर्डले कोरोना महामारीको प्रभावले पर्यटन क्षेत्रमा भएको क्षतिको सम्बन्धमा एक सर्वेक्षण गरेको खबर आएसँगै त्यसमा पर्वतीय पर्यटन आबद्ध न्यूनतम कम्पनीहरुले मात्र सहभागिता जनाएको पनि आमसञ्चारमा आएको थियो। पछिल्लो समयमा पर्यटनमन्त्री योगेश भट्टराईलगायत विभिन्न व्यक्ति र निकायले फरक(फरक संख्या उल्लेख गरी कोरोना महामारीले पर्यटन क्षेत्रमा गुमेको रोजगारी र आर्थिक क्षतिबारे उल्लेख गर्ने गरेको पाइन्छ। पर्यटन क्षेत्रको सही र मिहिन तथ्याङ्‍क राख्न सके यसरी अन्दाजको भरमा नभई परिणाममुखी तरिकाले नीति नियम बनाउन सकिनका साथै यस्ता भैपरी आउने महामारीबाट पर्यटन क्षेत्रलाई कसरी जोगाउने भन्ने रणनीति तय गर्न पनि सहजता हुने देखिन्छ।

कोभिड(१९ का कारण सिर्जित महामारीको मारले तत्काल विश्व पर्यटनमा ५० अर्ब डलर बराबरको आर्थिक क्षति भएको आकलन विश्व पर्यटन संगठन (डब्ल्युटिओ) ले गरेको छ। नेपाली पर्यटनमा यस महामारीबाट कति क्षति भयो वा हुनेवाला छ भन्ने यकिन तथ्याङ्‍क तय गर्न केही कठिन रहेता पनि पर्वतीय पर्यटनतर्फ विचार गर्दा विगतमा यस क्षेत्रको गतिविधि र उपलब्ध तथ्यहरुका आधारमा केही हदसम्म आकलन गर्न भने सम्भव छ।  गत वर्षको वसन्त याममा हिमाल आरोही पर्यटकबाट सरकारले करिब ५० करोड राजस्व संकलन गरेको तथ्याङ्‍कलाई आधार मान्दा नेपाल सरकारले हिमाल आरोहणबाट चालु वसन्त ऋतुमा लगभग त्यति नै राजस्व गुमाएको देखिन्छ।

त्यस्तै वार्षिक २ लाख हाराहारी आउने ट्रेकरहरुमध्ये जनवरीदेखि जुनसम्मको ६ महिनामा आउने विगतमा कूल संख्याको लगभग आधा रहेको र ती मध्ये पनि विभिन्न निकुञ्जहरुमा घुम्नेहरुको विगत तथ्याङ्‍कका आधारमा सगरमाथा, लाङटाङ, शे फोक्सुण्डो आदि राष्ट्रिय निकुञ्जलगायतको प्रवेश शुल्कबापत करिब ८ करोड, अन्नपूर्ण, मनास्लु आदि संरक्षण क्षेत्र प्रवेश शुल्कबापत करिब १५ करोड, स्थानीय सरकारले लिने प्रवेश शुल्क र नियन्त्रित क्षेत्रमा जानेहरुले बुझाउने विशेष पदयात्रा अनुमतिपत्रबापत करिब २० करोड गर्दा सरकारले यस क्षेत्रबाट झण्डै १ अर्ब हाराहारी राजस्व गुमाएको देखिन्छ।

पर्वतारोहणबाहेकका अन्य गतिविधिमा पुर्‍याउने योगदान वा ती क्षेत्रमा परेको क्षतिको विवरण जोड्दा आँकडा अझ धेरै बढी हुने देखिन्छ। कोरोना सिर्जित महामारी कति लम्बिने यकिन अनुमान गर्न कठिन भइरहेको अवस्थामा सरकारले विविध सहुलियत, राहत र अनुदानको घोषणा गरेको छ। यद्यपि, पर्यटनलाई नै लक्षित गरी ठोस राहतको घोषणा गरिएको छैन। 

प्रतिक्रिया दिनुहोस