कोरोना बिमा रोकिएको एक दिनपछि पुनः सुरु

शुक्रबार, २३ जेठ २०७७, १५ : ३०
कोरोना बिमा रोकिएको एक दिनपछि पुनः सुरु

काठमाडौं । फेरि कोरोना बिमा सुरु भएको छ । कोरोना बिमा रोकिएको एक दिनपछि पुनः सुरु भएको हो । सरकारसँग सहमति भएपछि कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुनः सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।

बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना पुनः सुरु गर्ने सहमति भएको जानकारी दिए। कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए ।

शुक्रबारदेखि लागुहुने गरी गरिएको सो घोषणापछि सरकारसँग वार्ता गर्दा सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि पुनः सुरु गरिएको बताइएको छ।  पुरानै मोडलमा कोरोना बिमा हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस