काठमाडौँ । गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले यहि जेठ १८ गते आइतबार पोखरा सभागृहमा बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यस अघि लगातार तीन दिनसम्म सदस्यहरूले प्रस्तावका सम्बन्धमा छलफल गर्नुभएको थियो ।
छलफलमा सत्तापक्षीय सदस्यहरूले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो ।
बैठकको छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले नीति तथा कार्यक्रमले प्रदेशवासीका आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ जेठ २०७७, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल