ब्याज छुट गर्दै व्यवसाय सुचारु गराउन नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको माग

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, १५ : ४५
ब्याज छुट गर्दै व्यवसाय सुचारु गराउन नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको माग

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनको अबधिको ब्याज छुट गर्दै व्यवसाय सुचारुका लागि सरकारसँग माग गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसँग आवद्ध उद्यमीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवसाय खोल्नका लागि पहल गरिदिन संघले माग गरेको हो । ‘कोरोना भाईरसको औषधि पत्ता नलागेको अवस्थमा उक्त रोगसँग लड्नका लागि शरिरलाई स्वस्थ्य राख्दै इम्युनिटी पावर बढाउनु जरुरी छ,’ संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले भने, ‘मानिसलाई स्वास्थ राख्नका लागि पनि तत्काल व्यायम शाला तथा हेल्थ क्लव खोल्नु आवश्यक छ ।’

अहिलेको लकडाउनको परिप्रेक्ष्यमा फिटनेस सेन्टर खुला गरेर स्वस्थ्य हुनु पर्ने अवस्थामा बन्द गर्दा झन समस्या उत्पन्न भएको श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस