कर्णालीमा एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, १५ : २३

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा  बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 
संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् यस्तै मुगुका १ जना रहेका छन् । संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् । हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस