उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक

विहीबार, २२ जेठ २०७७, १२ : ४४
उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक

काठमाडौँ । उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेको छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेको हो । 

बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेको स्रोतले बतायो । 

लकडाउनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा तीनवटै जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बसिरहेको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । 

लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस