स्क्रबटाईफस, डेंग’ र चिकनग’नियाको संक्रमण बढ्दो चार महिनामा नौ जनाको मृत्यु

मंगलबार, ०५ मंसिर २०७४, ११ : ००
स्क्रबटाईफस, डेंग’ र चिकनग’नियाको संक्रमण बढ्दो चार महिनामा नौ जनाको मृत्यु


चितवन, ४ मंसिर । स्क्रबटाईफस, डेंगु र चिकनगुनियाका कारण चालु आर्थिक वर्षको चार महिनामा बिभिन्न जिल्लाबाट चितवनमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख बिजयकुमार झा का अनुसार मृत्यु हुने मध्ये दुई जना चितवनका हुन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् ।
मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेको उहाँले जानकारी दिनुभयो । झा का अनुसार कार्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एक जना, भदौमा २ जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । मृत्यु हुने मध्ये तीन जनाको स्क्रबटाईफस, दुई जनाको चिकन गुनिया, तीन जनाको स्क्रबटाईफस र चिकन गुनिया र एक जनाको स्क्रबटाईफस र डेंगु रहेको उहाँले बताउनुभयो । कतिपय बिरामीलाई दुवै रोगको संक्रमण देखिएको थियो ।
साउन २२ गते नवलपरासीको रजहरकी २४ वर्षिया एक महिलाको स्क्रबटाईफसका कारण नारायणी सामुदायीक अस्पतालमा मृत्यु भएको हो । स्क्रबटाईफसकै कारण भदौमा १० नवलपरासीको लक्ष्मिपुरकी २१ बर्षिया एक महिलाको, भदौ २२ गते चिकन गुनियाका कारण चितवनको रत्ननगर ३ कि १३ बर्षिया एक बालिकाको मृत्यु भएको थियो । उनको सेन्ट्रल अस्पताल भरतपुरमा मृत्यु भएको थियो । अन्य ७ जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
जसमा असोज २२ गते तनहुँ बन्दीपुरकी  १४ बर्षिया  एक बालिकाको स्क्रबटाईफस र चिकन गुनियाका कारण मृत्यु भएको थियो । झा का अनुसार कार्तिक ७ गते नवलपरासीको दुम्किबासकी ९ वर्षिया एक बालिकाको स्क्रबटाईफस र चिकन गुनियाका कारण मृत्यु भएको हो । यस्तै कार्तिक ९ गते स्क्रबटाईफसका कारण मकवानपुरको मनहरीकी २५ बर्षिया एक महिलाको मृत्यु भएको थियो । कार्तिक १९ गते स्याङ्जा फेदीखोलाकी चार बर्षिया बालिकाको चिकन गुनियाका कारण मृत्यु भएको थियो ।
कार्तिक २८ गते स्क्रब टाईफस र चिकन गुनियाका कारण वीरगंञ्जका १३ बर्षिय बालकको मृत्यु भएको झा ले बताउनुभयो । डेंगु र स्क्रबटाईफसका कारण कार्तिक २९ गते चितवनको खैरहनीकी ४८ वर्षिया एक महिलाको मृत्यु भएको छ ।
गएको चार महिनामा उपचारका लागि आएका बिरामी मध्ये ३ सय ५५ जनामा स्क्रबटाईफस देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता रगत परीक्षण गरिएका १ हजार ४ सय ८५ जना मध्ये ३ सय ५५ जनामा स्क्रबटाईफस देखिएको हो । केसीका अनुसार भरतपुर अस्पतालमा १ सय १७ जना, चितवन मेडिकल कलेजमा १ सय ९ जना, नारायणी सामुदायीक अस्पतालमा १ सय ३ जना, नारायणी डाईगोनेसिसमा १३ जना, बकुलहर रत्ननगर अस्पतालमा ९ जना, मनकामना अस्पतालमा २ जना र सेन्ट्रल अस्पताल भरतपुरमा २ जनामा संक्रमण भेटिएको हो  टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिबिरा आउने आदि यो रोगका लक्षण हुन् । गत आर्थिक वर्षको चार महिनामा जिल्लाका अस्पतालहरm मा आएका बिरामी मध्ये १ हजार ३ सय ९६ जनाको स्क्रबटाईफस परीक्षण गरिएकोमा चार सय ५३ जनामा संक्रमण देखिएको थियो ।
मुख्यगरी एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्दछ ।
यस्तै यसै अबधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको केसिले जानकारी दिनुभयो . उहाँका अनुसार उपचारका लागि आएका बिरामीहरु मध्ये ९ सय ८० जनाको डेंगु परीक्षण गरिएको थियो ।
यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे जोखिमपुर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । गत आर्थिक वर्षको चार महिनामा २ हजार २ सय ५ जनाको डेंगु परिक्षण गरिएकोमा ६ सय ५१ जनामा संक्रमण देखिएको थियो ।
चिकन गुनियाको संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । यी लामखुट्टेले डेँगु भाइरससमेत सार्छन् । यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । चिकित्सकका अनुसार चिकनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने, हाड तथा जोर्नी दुख्ने लगायतका लक्षण देखापर्छन् ।
गत आर्थिक वर्षको चार महिनामा स्क्रबटाईफसका कारण चार जना र डेंगुका कारण एक जनाको मृत्यु भएको थियो । यस बर्ष भने यो संख्या दोब्बर बढेको हो ।  यस वर्षको चार महिनामा पाँच जनामा चिकन गुनियाको संक्रमण देखा परेको छ । गत बर्षको यसै अबधिमा दुई जनामा मात्र संक्रमण देखा परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस