कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिनुभयो ।
हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । आज बिहान शवको मुचुल्का उठाइ परीक्षणका लािग जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ जेठ २०७७, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या