कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिनुभयो ।
हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । आज बिहान शवको मुचुल्का उठाइ परीक्षणका लािग जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ जेठ २०७७, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या